२४ घण्टामा थपिए १६६९ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए १६६९ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    काठमाडौ: नेपालमा बितेको २४ घण्टामा १,६६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

    बतेको २४ घण्टामा देशभर ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण भएको छ। हाल देशभर १९ हजार ९ सय ६३  जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८६ जना क्वारेन्टिनमा छन्।