शुक्लागण्डकी, घिरिङ र भानुमा थपिए ११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी, घिरिङ र भानुमा थपिए ११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र घिरिङ गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिकामा पाँच, भानु नगरपालिकामा एक र घिरिङ गाउँपालिकामा पाँच जना सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–४ का ५१ वर्षीया महिला, ५० वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–७ का १३ वर्षीया महिला, ६६ र ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१२ का ५५ वर्षीय पुरुष र घिरिङ गाउँपालिका–१ का २६, ३२, १७, २४ वर्षीय पुरुष र घिरिङ गाउँपालिका–३ का ५२ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।