बन्दिपुरमा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दिपुरमा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बुधबार

    तनहुँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले बन्दीपुरमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र
    कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन भईरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले मङ्गलबार आयोजित कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताउनुभयो ।

    सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्यकेन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको अध्यक्ष थापाको
    भनाई थियो ।

    गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाईएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत महेस सुवेदीले सम्पर्ण वडाहरुमा स्वास्थ्य चौकीको स्थापना गरिएको भन्दै अव तिनै वडाहरुबाट जनतालाई घर दैलोमै सेवा दिने बताउनुभयो ।
    गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।उहॉका अनुसार पाँच सय ६६ जनाको पिसीआर परीक्षण गरिएकामा ७० जना संक्रमित भएको र त्यस मध्ये ६० जना निको भई हाल १० जना होम आईसोलेसनमा रहेका छन् ।

    सो कार्यक्रमको सन्चालन इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।