च्याम्पियन्स लिग : वार्सिलोनाको सानदार जित, अन्तिम १६ मा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग : वार्सिलोनाको सानदार जित, अन्तिम १६ मा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    एजेन्सी : च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा डाइनामो किभलाई ४-० गोलले पराजित गर्दै वार्सिलोना अन्तिम १६ मा पुगेको छ।

    बार्साका स्टार खेलाडी लियोनल मेस्सीबिना नै युक्रेन पुगेको टोलीका लागि सर्जियो डेस्टले ५२औँ मिनेटमा मात्र गोलको खाता खोलेका थिए। त्यसपछि मार्टिन ब्रेथवेटले दुई र एन्टोनी ग्रिजम्यानले एक गोल गरे।
    समूह जीमा चार खेलको समाप्तिपछि बार्साको १२ अंक छ। दोस्रो स्थानको युभेन्टससँग नौ र डाइनामो किभ र फेरेन्क्भारोससँग समान एक अंक छ। बाँकी दुई खेलमा हार बेहोरेको अवस्थामा पनि बार्सा अर्को चरणमा पुग्नेछ।
    अर्को खेलमा युभेन्टसले फेरेन्क्भारोसलाई २-१ गोलले पराजित गरेको छ। १९औँ मिनेटमा नै पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्टसले जित हासिल गरेको हो।
    युभेन्टसका लागि रोनाल्डोले ३५औँ र अल्भारो मोराटाले ९०औँ मिनेटमा गोल गरेका थिए। यो समूहबाट युभेन्टस पनि अर्को चरणमा प्रवेश गरेको छ।
    समूह ईबाट चेल्सी र सेभिल्ला पनि अर्को चरणमा प्रवेश गरेका छन्। गए राति भएको खेलमा चेल्सीले रेनेसलाई २-१ गोलले पराजित गरेको छ।