ज्येष्ठ नागरिकलाई सिरक डसना वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ज्येष्ठ नागरिकलाई सिरक डसना वितरण

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ ले ज्येष्ठ नागरिकलाई सिरक डसना वितरण गरेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उक्त वडाका ७० वर्ष भन्दा माथिका २० जनालाई सिरक डसना वितरण गर्नुभएको छ ।

    दलित, चेपाङ, अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बचाउन सिरक र डसना वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार लक्षित समूहको बजेटबाट २० जनालाई एक÷एक थान सिरक डसना वितरण गरिएको छ ।