तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँमा बुधबार भएका दुर्घटनामा चार जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिकामा भएका दुई दुर्घटनामा चार जना घाइते भएका हुन् ।
शुक्लागण्डकी नगरपलिका-४ दुलेगौडा स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग.१ झ ४६१ नं.को सिचाईको टाटा गाडीसँग साेही दिशाबाट आउँदै गरेको लु.६५ प ९५९६ नम्बरकाे मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक शुक्लागण्डकी नगरपलिका-८ बस्ने वर्ष २० को देवेन्द्र श्रेष्ठ र मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष १९ को अनु भट्टराई घाइते भएकाे प्रहरीले जनाएकाे छ। घाइतेलाई तनहुँ सेवा अस्पताल पठाइएकाे छ ।
यस्तै शुक्लागण्डकी नगरपलिका-७ कुम्लेखोला स्थित पृथ्वी राजमार्गमा सेराटारबाट खैरेनीटार तर्फ जाँदै गरेको ग.६ प १९५ नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ग.१७ प ९७०४ नं.को मोटरसाईकल ठक्कर खादाँ ग ६ प १९५ नं. मोटरसाईकल चालक जिल्ला रूकुम आठविसकिट नगरपालिका-५ बस्ने वर्ष २० को पवन चनको र मोटरसाईकल पछाडी सवार जिल्ला तनहुँ म्याग्दे गाँउपालिका-३ बस्ने वर्ष २४ को विवश थापा घाईते भएका छन् ।