म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्दे खोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ ।

    घेरौदी रिठ्ठेपानी म्याग्दे खोला बक्स कल्भट निर्माण उपभोक्ता समिति मार्फत् निर्माण शुरु भएको कल्भटको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बुधबार शिलान्यास गर्नुभयो । सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

    उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, म्याग्दे गाउँपालिका–५ का अध्यक्ष शिवबहादुर आले, ६ का अध्यक्ष बसन थापा, गाउँपालिकाका योजना शाखा प्रमुख श्रीराम खनाल लगायतले उक्त ठाउँमा कल्भट निर्माण भएपछि सर्वसाधारणलाई सहज हुने बताउनुभयो ।

    निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले रु १८ लाखको लागतमा ६ मिटर कल्भट निर्माण गर्न लागिएको जानकारी दिनुभयो । म्याग्दे खोलामा कल्भट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् ।