म्याग्दे उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई २५ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई २५ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८३, बिहीबार

    तनहुँ १८ भदाै । म्याग्दे उद्योग वाणिज्य संघले बाढीपीडित नागरिकहरूको राहत तथा सहयोगका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।संघका अध्यक्ष सुन्दरमणि अधिकारीको नेतृत्वमा उक्त रकम बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो।

    हालैको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको अध्यक्ष अधिकारीले बताए।विपद्को घडीमा पीडित नागरिकको दुःखमा साथ दिन उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष अधिकारीले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि हातेमालो गर्न आग्रह गरे।म्याग्दे उद्योग वाणिज्य संघको उक्त सहयोगले बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ।