चितवन पुगेका पूर्व युवराज पारसको स्वास्थ्यमा समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवन पुगेका पूर्व युवराज पारसको स्वास्थ्यमा समस्या

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    चितवन : चितवनमा रहनुभएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । अहिले उहाँ बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् । मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बस्नुभएका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो ।

    शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको छ । शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ ।

    ईसीजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने डा. रेग्मीले बताउनुभयाे । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताएका छन् ।