तनहुँ : नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँकी अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्ट बमोजिम घर्तीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका-४ की सदस्य समेत रहनुभएकी घर्तीले सङ्क्रमण पुष्टि भएपछि सुरक्षित रुपमै घरमै आइसोलेशनमा बसेको जानकारी दिनुभयो ।