तीन लाख नगद सहित १९ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन लाख नगद सहित १९ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ बेलघारीबाट तीन लाख नगद सहित १९ जुवाडे पक्राउ परेका छन् । स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा कौडा खेलिरहेका १९ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेहरुमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्र बहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाई, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुक बहादुर थापा, तेज बहादुर राना, भिमसेन श्रेष्ठ, मिन बहादुर गुरुङ र पशुपति अर्याल रहेका छन् ।

    प्रहरीले निजहरुको साथबाट नगद रु तीन लाख १० हजार ९ सय ९० बरामद गरेको छ । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मुद्धामा म्याद थप गरिएको छ ।