गण्डकीमा शुक्रबार : १ सय ३३ जनालार्ई कोरोना, १ सय १९ निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा शुक्रबार : १ सय ३३ जनालार्ई कोरोना, १ सय १९ निको

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७७, शुक्रबार

    दुलेगौँडा : गण्डकी प्रदेशमा शुक्रबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय १५ जनाको पिसीआर परिक्षण गर्दा ९ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । ४ सय ८२ रिपोर्ट नेगेटिभ आएको छ ।


    शुक्रबार सबैभन्दा धेरै कास्कीमा ६९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्याङजामा १९ जना, बाग्लुङमा १० जना, नवलपुर र गोरखाका ९÷९ जना, पर्वतका ८ जना, तनहुँका ६ जना, लमजुङका २ जना र म्याग्दीका १ जनालाई कोरोना पोजेटिभ पुष्टी भएको हो । मनाङ र मुस्ताङमा भने संक्रमित थपिएनन् ।


    योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ८६ पुगेको छ । तीमध्ये ६ हजार ८ सय ५९ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७९ जना रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।


    शुक्रबार १ सय १९ जना निको भए । ४ जना संक्रमितले पछिल्लो २४ घण्टामा ज्यान गुमाए । योसंगै गण्डकीमा कुल १ सय ४८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म १ लाख ७ हजार ६ सय ५ जनाको पिसीआर परिक्षण गरिएको छ । ३ हजार ९ सय ६१ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।