७८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ७८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७७, शनिबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–८ की एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ७८ वर्षीया महिलाको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार ती महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहाँमा मङ्सिर ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । व्यास नगरपालिकामा छ, भीमाद नगरपालिकामा पाँच, शुक्लागण्डकी नगरपालिकामा दुई, म्याग्दे गाउँपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।