काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न निर्वाचनको प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदको परिणाम आएको छ ।
महासंघको केन्द्रीय सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । त्यसै गण्डकीबाट बाबुराम गिरी विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट जसमेर मियाँ विजयी भएका छन् ।
त्यसति प्रदेश ६ बाट लालिमान बुढा विजयी भए भने सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन् । त्यसै प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् भने वागमती प्रदेशको मतगणना हुन बाँकी रहेको छ । त्यस्तै संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
अहिलेसम्म जितेका केन्द्रीय सदस्यहरुमध्ये ६ जनामध्ये ५ जना किशोरकुमार प्रधान समूहका रहेका छन् ।