काङ्ग्रेस नेता भण्डारी : गृह सचिवको तीन पुस्ते विवरण राखेका छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    काङ्ग्रेस नेता भण्डारी : गृह सचिवको तीन पुस्ते विवरण राखेका छौ

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७७, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बुधबार दमौलीमा भएको घटनामा गृहसचिवको संलग्नता रहेको बताउँदै उनको तीन पुस्ते विवरण राखेको धम्कीपूर्ण भाषण गर्नुभएको छ ।

    व्यास १ र १० जोड्ने बुल्दी खोलामाथि निर्माण सम्पन्न भएको पुलको बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले गृहसचिवको ठाडो आदेशमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै काङ्ग्रेस नेतामाथि दमन गरिएको भन्दै उनको तीन पुस्ते विवरण आफूहरुले राखेको बताउनुभएको हो । “उनी कारवाहीको भागिदार हुनैपर्छ, तीन पुस्ते विवरण हामीसँग छ,” उहाँले भन्नुभयो ।

    भण्डारीले अबका दिनमा जिल्लामा प्रमुख जिल्ला अधिकारी आउँदा काङ्ग्रेससँग बिन्ती चढाउनुपर्ने चेतावनी दिनुभयो । “विगतमा के के भयो थाहा भएन, तनहुँ काङ्ग्रेसका केन्द्रीय नेता भएको जिल्ला हो, जिल्लामा आउँदा विचार पु¥याउनुहोला ।”