पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, सोमबार

    पाेखरा : कास्कीको पोखरामा पर्वतका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको हो ।

    उनीमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।