तनहुँ : जेसीआई व्यास नगरका नवनिर्वाचित अध्यक्ष लक्ष्मीभक्त खनालले जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । खनालले विभिन्न समितिमा जिम्मेवारी बाँडफाँट गर्नुभएको हो ।
अध्यक्ष खनालले कानुनी सल्लाहकारमा राजु राना, महासचिवमा अजर नागिला, कोषाध्यक्षमा युवराज भण्डारी, सचिवमा कमल गिरी, शाखा सम्पादकमा सुनिल श्रेष्ठ, तालिम निर्देशकमा विनोद गोशली, जनसम्पर्क प्रमुखमा बसन्त पन्थीलाई जिम्मेवारी दिनुभएको छ ।
त्यस्तै प्रकरण निर्देशकमा रबि भुजेल, वृद्धि सभापतिमा अनुप दाहाल, शाखा निर्देशकमा चन्दन श्रेष्ठ, योजना प्रमुखमा पूर्ण बहादुर विक, सहकोषाध्यक्षमा सोम बहादुर नेपाली, मिडिया रिलेशन प्रमुख कृष्ण गिरी, ईन्भाईरोमेन्ट कोडिनेटरमा लक्ष्मण सुनार, सदस्य समन्वय सभापतिमा गणेश थापा, फेलोसप प्रबर्द्धन प्रमुखमा सुवोध अधिकारी, सूचना प्रविधि सभापतिमा गोपाल थापा, कार्यक्रम समन्वय संयोजकमा विरेन्द्र नराल, सचिवालय व्यवस्थापन संयोजकमा शेर बहादुर बोटे, अवार्ड व्यवस्थापन संयोजकमा बिनोद गोतामे, वोर्ड एडभाईजरमा सुमन श्रेष्ठ, नवीन पुरी र दिपक थापा तथा अध्यक्ष सल्लाहकारमा ओमकार आचार्य र कृष्ण सुनारलाई मनोनित गर्नुभएको छ ।
यस अघि अध्यक्ष सहित कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल तथा उपाध्यक्षमा उपाध्यक्षमा पवन पौडेल, सनम अधिकारी, टीका मक्राती र सन्जीब घिमिरे गरि ७ जना निर्बाचित हुनुभएको थियो ।