हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, विशेष छुट र आकर्षक उपहार पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, विशेष छुट र आकर्षक उपहार पनि

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बुधबार

    पोखरा : पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले “लास्ट थस्डे सेल” लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहिबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल बरदानमा सुरु हुनेछ ।

    उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुहरु लगायत अन्य धेरै अफरहरु हुनेछन् ।

    साथै महिनाभरी सपिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाइ आकाशमा अल्ट्रा फ्लाईट, बगैचामा ५ जना लाइ सौना\स्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै समानहरुमा छुटको व्यवस्था गरिएको छ ।

    चाड पर्बहरु सकिएपनि उत्सव अझै सकिएको छैन भन्ने उद्देश्यका साथ सो अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलले जानकारी दिनुभयो ।

    हरेक महिना हुने छ उत्सव भन्दै सो थस्डे सेलले ग्राहकमा खुसि ल्याउने सो अफर ल्याइएको पौडेलले बताउनुभयो ।

    उक्त सेल २४ घण्टाको लागि मात्र हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन । साथै 9802841122 मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ ।

    ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताउनुभयो ।