सासंद सिग्देलद्वारा दुईपिप्ले–शिशाघाट टाकान्जाको बाटो निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सासंद सिग्देलद्वारा दुईपिप्ले–शिशाघाट टाकान्जाको बाटो निरीक्षण

    विवि श्रेष्ठ

    २५ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले दुईपिप्ले शिशाघाटबाट टाकान्जाको बाटोकाे शुक्रबार निरीक्षण गर्नुभएको छ । स्थानीय पूर्वाधार कार्यक्रम अन्र्तगतको योजना सम्बन्धि स्थानीयवासीसँग छलफल गर्नुभएका सासंद सिग्देलले उक्त मोटरमार्गको निरीक्षण गर्नुभएको हो ।


    कास्की जिल्लाको सीमामा रहेको टाकान्जासम्म प्रदेश सरकारको बजेटबाट कालोपत्रेको काम भएको र तनहँुतर्फको बाटो कालोपत्रे गर्न स्थानीयको माग छ । स्थानीयसँगको छलफलमा व्यास नगरपालिका वडा नं ६ को शिशाघाट हुँदै लमजुङ्गको दुईपिप्लेसम्मको कच्ची मोटरमार्ग कालोपत्रे नहुँदा आवतजावतमा सास्ती भोग्नुपरेको गुनासो गरिएको छ ।


    बाटो निरीक्षण गर्दै सांसद सिग्देलले आफूले यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चालु आर्थिक वर्षमा उक्त बाटो कालोपत्रेका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत् रु ३० लाख बजेट विनियोजन गरिएको सिग्देलले जानकारी दिनुभयो ।
    उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, मध्यनेपाल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निर्मल गौतम, व्यास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य ढाल प्रसाद घिमिरे, नेकपा जिल्ला कार्यालय सचिव राजेश्वर ढकाल, व्यास नगरपालिकाका ईन्जिनियर रोचक क्षेत्री, सव ईन्जिनियर सुर्वण खनाल लगायतको उपस्थिति थियो ।