बुडुवा खोलामा पुल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    बुडुवा खोलामा पुल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवा खोलामा पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् उक्त ठाउँमा पुल निर्माण हुन लागेको हो ।

    पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड÷निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । रु दुई करोड पाँच लाख ५७ हजार एक सय ४४ मा ठेक्का सम्झौता भएको उक्त पुल विसं २०७८ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुल १९.८ मिटर लामो हुनेछ ।

    उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको स्थानीयवासी पदम ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पहलमा यहाँ पुल निर्माण शुरु भएको हो ।