गायक सपुतलाई आदर्श विशेष सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गायक सपुतलाई आदर्श विशेष सम्मान

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७७, सोमबार

    बागलुङ : आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो ।

    सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनुभयो ।

    गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै हुनुहुन्छ । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ । उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनुभयो । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।