मनकामना केबलकार पुन: सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनकामना केबलकार पुन: सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    गोरखा : ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो । 

    आइतबार विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाईनमा बसि सकेका थिए । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको छ ।

    केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हातधुने आदि व्यवस्था मिलाएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतःप्रवेश बन्द गरिने जनाएको छ