स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड भेट

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटघाट भएको छ।

    स्थायी कमिटी बैठक १ बजेदेखि भए पनि बैठकअघि दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’  संवाद चलिरहेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।  

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषको नियुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले आलोचना गरेका छन्। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै उनी  चिढिएका छन्। त्यहीँ विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन्।