भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    काठमाडौ : नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णयकै आधारमा अघि बढ्ने सहमति भएको छ।

    स्थायी समितिको बैठक अघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै त्यसकै आधारमा अघि बढ्ने सहमति भएको हो।

    दुई अध्यक्षबीच भएको सहमितलाई ओली र दाहालले स्थायी समितिलाई जानकारी गराएका छन्।

    अहिले बैठक जारी रहेको एक सदस्यले जानकारी दिए। ओली दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको छ।