आँबुखैरेनीका पौडेलले पाए डिसहोमको १ लाख पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका पौडेलले पाए डिसहोमको १ लाख पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १ पुष २०७७, बुधबार

    तनहुँ : डिस होममा डिलर दाइको डिसकाउन्ट बिजेता तनहुँको आँबुखेरेनी गाउँपालिका निवासी हुमनाथ पौडेललाई मंगलबार १ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको छ । एनएमबी बैंक आँबुखैरेनीका म्यानेजर समेत रहनुभएका पौडेललाई सो रकम हस्तान्तरण गरिएको हो ।

    डिस होमका तनहुँ, लमजुङ र गोरखामा शुभलक्ष्मी डिटी एच नेटवर्क प्रा.लि.का प्रोपाइटर कृष्णराज पण्डित, गण्डकी प्रदेशका एरिया इन्चार्ज राजाराम पौडेलले संयुक्त रुपमा पुरस्कार विजेता पौडेललाई खादा र टिका लगाएर रकम हस्तान्तरण गर्नुभयो । जनता घडी रेडियो आँबुखैरेनीबाट रिचार्ज गर्दा उहॉ लक्की विजेता बन्नुभएको हो ।

    तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइका सभापति कृष्णमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नेटवर्क प्रालिका प्रोपाइटर पण्डितले तनहुँ, लमजुङ र गोरखामा डिस होमका ६० हजार ग्राहक रहेको जानकारी दिनुभयो ।

    पुरस्कार वितरण कार्यक्रममा डिस होमको फाइदा बारे जानकारी गराइएको एरिया इन्चार्ज पौडेलले बताउनुभयो ।