कास्कीसँग तनहुँ ३१ रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कास्कीसँग तनहुँ ३१ रनले पराजित

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    पाेखरा : दिपेश खत्रीको घातक बलिङ प्रेरित कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ । गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप २ अंक जोड्न सफल भएको छ ।

    पोखरा रंगशालामा जारी प्रतियोगितामा १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँले केबल १ सय २३ रन जोड्न सक्यो । तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाउनु बाहेक अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    तनहुँलाई १ सय २३ रनमै रोक्ने क्रममा कास्कीका लागि दिपेश खत्रीले १० ओभर बलिङ गर्दै ५ मेडन सहित ४ विकेट लिए । उनले केबल ९ रन खर्चिए । सुवास भण्डारीको नाममा ३ विकेट रह्यो ।

    यसअघि टस जितेर व्याटिङ रोजेको कास्कीले ४७.५ ओभर खेल्दै १ सय ५४ रन बनाएका थियो । कास्कीका लागि अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रन बनाए ।

    तनुहँका लागि दिनेशजंग बुढामगरले ३, राजु गुरुङले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान १/१ विकेट लिए । खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । लिग अन्र्तगत बुधबार कास्की र नवलपुरबीच अन्तिम खेल हुनेछ ।