म्याग्देको प्रमुख प्रशासकीय भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देको प्रमुख प्रशासकीय भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण शुरु गरेको हो ।

    उक्त भवनको बुधबार पूर्व सभामुख तारानाथ रानाभाटले शिलान्यास गर्नुभयो। सो अवसरमा पूर्व सभामुख रानाभाटले निर्धारित समयमै भवन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

    म्याग्दे गाउँपालिकाकी अघ्यक्ष माया रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सांसद डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकीका प्रमुख किसान गुरुङ, समन्वय उपप्रमुख पवित्रादेवी पौडेल, ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा प्रदेश कमिटीका सदस्य अतिन्द्रकेशरी न्यौपाने, काङ्ग्रेस कार्यवाहक सभापति जितप्रकाश आले लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभयो ।

    दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८ सय ८४ को लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार आठ सय ५८ को काम हुनेछ ।

    दुई भवन निर्माणका लागि स्वीकृत लागत रकममध्ये यो वर्ष गाउँसभाको निर्णय बमोजिम रु तीन करोड, जिल्ला समन्वय समिति कोषमार्फत् प्राप्त हुने रकम, आन्तरिक स्रोत र आगामी आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारमार्फत् प्राप्त हुनेछ ।

    चालु आर्थिक वर्षमा प्रोटेक्सन वक्र्स, जमिन मिलाउने, कालोपत्रे बाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइन्जिनियरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    Image may contain: one or more people, people standing and outdoor

    विसं २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्र सहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका–४ नारिङ्गेलाई निर्धारण गरिएको छ । भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको छ भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ ।

    Image may contain: 2 people, people standing, people on stage and outdoor
    Image may contain: 3 people, people on stage, people standing and outdoor

    विसं २०७७ असोज ५ गतेको कार्यपालिको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि माटो परीक्षणका लागि कटेरो इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो । भवन निर्माणको डिपिआर बनाउने जिम्मा भने रेस इन्जिनियरिङले पाएको थियो । कटेरो इन्जिनियरिङले गरेको माटो परीक्षण अनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुन सक्ने देखिएको थियो ।