


काठमाडौ, २ असोज । धरानका मेयर हर्क साम्पाङले केही दिनयता दैनिकजसो काठमाडौका मेयर बालेन्द्र साहलाई लक्षित गरी स्ट्याटस लेखिरहेका छन् । साम्पाङले साहलाई सामाजिक सञ्जाल मार्फत् विभिन्न आरोप लगाइरहेका छन् ।
उनले बिहीबार फेरी साहलाई विदेशी दलालको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘स्ट्याटस लेखेर युवापुस्ताको रगत बगाउने, देश जलाउने, कार्यकारी प्रमुखको चुनाव नगराउने, भ्रष्टाचारीलाई होइन उल्टै आन्दोलनकारीलाई पक्राऊ गर्ने, शहिदको अन्त्येष्टीमा समेत नदेखिने, विदेशी दलाललाई सबैले निषेध गरौँ ।’