


काठमाडौं, २ असोज । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा घोषणा गरिएको विशेष अफर आज असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुनेछ ।
यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।
यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी डेटा, रु १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी डेटा र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।