ग्यापु र सिभिल मलले क्रीसमसमा लाइभ कन्सर्ट गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यापु र सिभिल मलले क्रीसमसमा लाइभ कन्सर्ट गर्दै

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    काठमाडौ: लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना २५ डिसेम्बर (१० पौष) मा ‘क्रीसमस सेलिब्रेसन’को आयोजना गरिएको छ। काठमाडौ सुन्धारा स्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा रोहित जोन क्षेत्री, इमर्ज ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसीले बताउनुभयाे ।

    कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ। कोभिड १९ का कारण लामो समय देखि साङ्गीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताउनुभयाे। कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ। कार्यक्रम एक्सलट्रीप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो। ग्यापु र सिभिल मलकै आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पुष १७ गते पनि सिभिल मलमै अल्मोडा रानाको लाइभ कन्सर्ट गर्ने बताइएको छ।