नेपाली सेनामा जागिर खुल्यो : बन्दोबस्ती, लेखा, पूजारी, सुचिकार, कुचिकार, लोहकार, धोबी र सयसमा आवेदन आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनामा जागिर खुल्यो : बन्दोबस्ती, लेखा, पूजारी, सुचिकार, कुचिकार, लोहकार, धोबी र सयसमा आवेदन आह्वान

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७७, मंगलवार

    काठमाडौ: नेपाली सेनाले लेखा, पूजारीदेखि धोबीसम्म विभिन्न पदमा करिब तीन सय जनाको लागि जागिर खुलाएको छ । 

    सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सोमबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो । 

    सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ भने लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।

    पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना, अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र समावेशीसमेत गरी ५३ जना सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना, कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना, चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना, माग भएको छ।

    यस्तै  लोहकार खुल्लातर्फ चार जना मागेको र समावेशीसमेत गरी ८ जना, धोबीमा खुल्लातर्फ १ र समावेशी १ गरी कूल २ जना, केशकमा खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना र सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग भएको जंगी अड्डाले जानकारी दिएको छ। 

    योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निस्शुल्क उपलब्ध गराउनेछ। यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ।

    दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ।