रौतहटमा पाँच महिनामै झण्डै दुई करोड बराबरको अवैध सामान बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    रौतहटमा पाँच महिनामै झण्डै दुई करोड बराबरको अवैध सामान बरामद

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७७, शुक्रबार

    रौतहट : रौतहट जिल्लामा प्रहरीले विगत पाँच महिनाको अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ भने भन्सार छलीमा संलग्न तस्करलाई समेत कारवाहीको दायरामा ल्याएको छ ।
    रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहको सक्रियतामा छोटो अवधिमै तस्करी रोकथाम तथा नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता पाएको हो ।

    यस क्रममा आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गर्ने केही प्रहरीलाई समेत कारवाहीको दायरामा ल्याइएको एसपी शाहले बताउनुभयो । गत साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा तस्करहरुले अवैधरुपमा भित्र्याएको एक करोड ९१लाख ५२ हजार ८२ रुपैयाँ बराबरको सामान जिल्लाको विभिन्न स्थानबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त सामान तस्करीमा संलग्न २७ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पठाईएको एसपी शाहले जानकारी दिनुभयो ।