मूलाबारीका घर–घरमा धारा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    मूलाबारीका घर–घरमा धारा

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित मूलाबारी गाउँमा प्रत्येक घरमा धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँको आर्थिक सहयोगमा मूलाबारीका घर–घरमा धारा जडान गरिएको हो ।

    कार्यालयको रु सात लाखको सहयोगमा ट्याङ्की निर्माण गरेर १२ घरमा खानेपानी सुविधा पु¥याइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । बस्तीभन्दा ६ सय मिटर टाढा रहेको मूलबाट ट्याङ्कीमा पानी सङ्कलन गरी घर घरमा खानेपानी पु¥याइएको छ । खानेपानी वितरणका लागि दश हजार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।

    यसभन्दा अगाडी यहाँका बासिन्दालाई खानेपानीका लागि तीन वटा धारा मात्रै थियो । “तीन वटा धाराबाट पानी उपयोग गर्दै आउनुभएका स्थानीयवासीलाई अब घरमै धारा पुगेपछि सहज भएको छ,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “यसअगाडी ट्याङ्की पनि सानो र जीर्ण भइसकेको अवस्था थियो ।”

    वडाको जसपुर, रातमाटा, गहे, लाकुरीबोट, मगरनास गाउँमा एक घर ः एक धारा घोषणा हुने चरणमा रहेको छ ।