पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अख्तियार पोखरा कार्यालय प्रमुख विपिन आचार्यले पेस गर्नुभएको थियो।
प्रमुख आचार्यले प्रस्तुतिकरणमा प्रतिवेदनमा रहेका मुख्य विषय, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीका प्रवृत्तिबारे प्रदेश प्रमुखलाई प्रष्ट पार्नुभएको थियो ।
भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय निकायका लागि आयोगले पेश गरेका सुझावका बारेमा आचार्यले प्रकाश पार्नुभयो ।
प्रदेश प्रमुख शेरचनले आयोगले प्रमाणमा आधारित सुक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषीउपर अभियोजन गर्नुपर्ने बताउनुभयो ।