घरभित्रै मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    घरभित्रै मृत फेला

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटस्थित एक जीर्ण घरमा पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानीय धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा विगत सात वर्षदेखि बस्दै आएका ५५ वर्षीय समय निरौला नाम बताउने पुरुष साेमबार मृत अवस्थामा फेला परेका हुन् ।

    दुईदिनदेखि ढोका नखुलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि ढोका खोली हेर्दा ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जनप्रतिनिधि र स्थानीयवासीको रोहबरमा प्रहरीले ढोका खोलेका थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।