तनहुँ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी उत्पीडनको पक्षमा काम गर्ने पार्टी भएको बताउनुभएको छ । तनहुँको ऑबुखैरेनी गाउँपालिकामा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले जनता समाजवादीमै गोलबन्द हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका तनहुँका अध्यक्ष कृष्ण गुरुङ, समाजवादी पार्टी व्यास नगरका अध्यक्ष अम्मर भण्डारी, जनता समाजवादी पार्टीका नेता चन्द्र गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच ऑबुखैरेनीमा पूर्ण गुरुङको अध्यक्षतामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । समितिको सचिवमा लक्ष्मी वि.क.,सह सचिवमा रुद्र वि.क.,ममता गुरुङ चयन हुनुभएको छ।