मौलिक पन्चेबाजा ‘लाहुरे दाई’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मौलिक पन्चेबाजा ‘लाहुरे दाई’ सार्वजनिक

    नवराज कौडाल

    ११ माघ २०७७, सोमबार

    साइप्रस : जादुमय स्वरका धनी,बहुआयामिक चर्चित गायक सन्तु थापा र समिक्षा भण्डारी को संयुक्त स्वरमा रहेको मौलिक पन्चेबाजा गीत ‘लाहुरे दाइलाइ‘ बजारमा सार्वजनिक भएको छ। निकै मधुर शैलीमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।

    अनिश दवाडीको शब्द रहेको गीत कोरस भोकलमा प्रेमा राना मगर, रुपी सिंजाली मगर, ओम सेन्चुरी र अमित सुनारले साथ दिएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतको संगित संयोजन भने विश्वाश नेपालले गरेका छन्। गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

    गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत शुक्रबार बिहान देखी बजारमा आएको हो । सन्तु थापा आफैले निर्देशन गरेको भिडियोमा मधुर बस्नेतले छायांकन गरेका हुन। केशब आलेको कोरियोग्राफी रहेको भिडियोमा सुमित्रा गुरुङ “बिनिता”, सन्तोष मगर, टहलसिंह फुङ्जेली, गितु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल, सुनिल रजाली, सुश्मा राजाको अभिनय छ ।

    उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक,रचनाकार साथै निर्देशक समेत रहेक थापा बताउछ्न। थापाले चार वोटा मिउजिक अवर्ड पाइसकेका छन भने बीस भन्दा बडि सास्कृतिक कार्यक्रममा वैदेशिक भ्रमड गरि सकेका छ्न।

    मनोज कार्कीले सम्पादन गरेको भिडियो लुमिनिअस पोस्टवर्क्सको पोस्ट्प्रोडक्सनमा तयार भएको गायक थापाले बताउनुभयो ।