म्यानमारकी नेतृ सुकीलाई सेनाद्वारा गिरफ्तार : राजधानीसहितका सहरहरुमा सेना तैनाथ, टेलिफोन इन्टरनेट सेवा अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    म्यानमारकी नेतृ सुकीलाई सेनाद्वारा गिरफ्तार : राजधानीसहितका सहरहरुमा सेना तैनाथ, टेलिफोन इन्टरनेट सेवा अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    एजेन्सी: म्यान्मारको सत्तारुढ दलकी नेतृ आङ सान सुकी पक्राउ परेकी छिन्। उनलाई त्यहाँको सेनाले पक्राउ गरेको नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जनाएको बीबीसीले उल्लेख गरेको छ।

    सुकीसँगै अन्य केही शीर्ष नेतासमेत पक्राउ परेको दलका प्रवक्ता म्यो न्युटले जनाएको सिएनएनमा उल्लेख छ।

    यता भ्वाइस अफ अमेरिकाले म्यान्मारका प्रधानमन्त्री विन मिन्ट पनि सेनाको नियन्त्रणमा परेको उल्लेख गरेको छ।

    सेना र सरकारबीच तनावको सम्बन्ध चलिरहेको बेला सुकी पक्राउ परेकी हुन्। गत नोभेम्बवरमा भएको निर्वाचनमा सुकीको दलले धेरै सिटमा जित हासिल गर्दा आर्मीको दलले यसलाई धाँधली भएको आरोप लगाउँदै आएको थियो।

    म्यान्मारमा सुकीको दलले जित्नुअघि पनि सैनिक सरकार लागू थियो। यसअघि सुकी कैयौं वर्षहरु नजरबन्दमै बसेकी थिइन्। तल्लो सदनको बैठक सोमवारका लागि पहिलोपटक बोलाइएको बेला सुकी प्रकाउ परेकी हुन्। सेनाले बैठक सार्नका लागि दबाव दिइरहेको थियो।

    सुकी पक्राउ परेसँगै अहिल राजधानी याङ्गुनका सहरका सडकमा बाक्लो रुपमा सेना तैथान गरिएको बताइएको छ भने प्रमुख सहरहरुमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ। सेना अन्य नेता तथा मन्त्रीहरुको घर पनि पुगेको बताइएको छ।