तनहुँ : अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म गणपतिको धमाधम छायांकन भईरहेको छ। तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन शुरु भएको फिल्मको बन्दीपुरकै विभिन्न स्थलमा छायांकन भइरहेको हो।
गाउँले परिवेशको फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ। फिल्म सविन अधिकारीले निर्देशन गरिरहनुभएको छ । उहॉकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता हुनुहुन्छ ।
फिल्ममा मुकुन र मेनुकाका अलावा राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशील पोखरेल, श्रीदेव बीएललगायतले अभिनय गर्दै हुनुहुन्छ ।