ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७७, सोमबार

    काठमाडौ: ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिनुभएको छ । आइतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिनुभएको हो।

    प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठमाडौस्थित थापाथली प्रसूती गृहमा पुगेपछि अप्रेसन मार्फत जन्माएको बिरामीका आफन्त मनोज बुढाथोकीले जानकारी दिनुभयो ।

    बुढाथोकीले एउटा सन्तानलाई सकुसल जन्म दिएपनि अन्य दुई सन्तानलाई जन्म दिन नसक्ने अवस्थामा पुगेपछि बिभिन्न व्यक्ति तथा निकायको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । अहिले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।