काठमाडौ: गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिनुभएको छ । उहॉले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गर्नुभएको हो। अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा हुनुहुन्थ्यो ।
उहॉहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आउनुभएको थियो । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिनुभएको थियो ।