नारी दिवसमा ऋषिङमा महिला वक्तृत्वकला हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    नारी दिवसमा ऋषिङमा महिला वक्तृत्वकला हुने

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : नारी दिवसको अवसरमा तनहुँको ऋषिङ गाउँपालिकाले महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले फागुन २३ गते वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।

    “महिलाको सुरक्षा सम्मान र रोजगार ः समृद्ध ऋषिङको आधार” विषयमा वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई रु दश हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुनेलाई रु तीन हजार पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा ऋषिङ गाउँपालिकाभित्रका सबै वर्ग तथा उमेरका महिलाले भाग लिन पाउनेछन् ।