देवघाटका अग्निपीडितलाई खाद्यान्न र लत्ताकपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटका अग्निपीडितलाई खाद्यान्न र लत्ताकपडा

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    तनहुँ : घर जलेर पीडित हुनुभएका तनहुँको देवघाट गाउँपालिका-१ बसेनीटारका मंगलसिं भुजेल परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ। गत फागुन दोस्रो साता भुजेलको घरमा आगलागी हुँदा लत्ताकपडा, खाद्यान्न, भाडाकुडा जलेर नष्ट भएको थियो ।

    देवघाटका यमलाल भण्डारी र घनश्याम न्यौपानेको नेतृत्वमा भुजेल परिवारलाई रु ३५ हजार बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पीडित परिवारलाई सबैले सहयोग गर्नपर्ने बताउनुभयो ।