आँबुखैरेनीमा ज्येष्ठ परिचयपत्र वितरण जारी, पहिलो दिन ७९ जनालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा ज्येष्ठ परिचयपत्र वितरण जारी, पहिलो दिन ७९ जनालाई

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आइतबारदेखि शुरु गरेको ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य सोमबारपनि जारी छ । सोमबार आँबुखैरेनी गाउँपालिका–२ र ३ का ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।

    वडा कार्यालयबाटै परिचयपत्र वितरणको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । सोमबार ९९ वर्षीय एक ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्नेछन् । गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार चार सय भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

    पहिलो दिन आइतबार आँबुखैरेनी गाउँपालिका–१ का ७९ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो । आँबुखैरेनी गाउँपालिका–४, ५ र ६ का ज्येष्ठ नागरिकलाई भने केही समय पछाडि परिचयपत्र वितरण गरिनेछ । गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेपछि यहाँका ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् ।