दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको वडा नम्बर ९ घारीमा अवस्थित गौँ संरक्षण केन्द्रका पशु चौपायलाई इन्जेक्सन दिईएको छ । आन्तरिक र बाह्य परजीविबाट बचाउनका लागि त्यहाँका पशुचौपायलाई इन्जेक्सन दिईएको हो ।
चौपायमा देखिने जुर्मा,माटे, किर्ना लगायतका रोगबाट बचाउनलाई इन्जेक्सन लगाएको पशु शाखाका प्राविधिक ईश्वर रेग्मीले बताउनुभयो । संरक्षण केन्द्रमा रहेका १ सय १५ चौपायलाई इन्जेक्सन लगाएको उहाँले जानकारी दिनुभयो ।
छाडा पशु चौपायलाई संरक्षणका लागि नगरपालिकाले गौँसंरक्षण केन्द्र सञ्चालन गरेको छ । बुढा गाई गोरु ल्याएर यहाँ छाड्ने गर्दछन् । सडकमा भेटिएका चौपायलाई पनि यहीँ ल्याउने गरिन्छ ।