शितलबस्तीमा कानूनी साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शितलबस्तीमा कानूनी साक्षरता

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    दुलेगौडा : शितल बस्ती आमा समूहको आयोजना तथा रोटरी क्लब अफ पोखरा मिड टाउनको आर्थिक सहयोगमा शुक्लागण्डकी नगरपालिका- ९, शितलबस्तीमा कानुनी साक्षरता तालिम सम्पन्न भएको छ ।

    कार्यक्रममा अतिथि जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले महिलाहरु अब कुनै बहानामा पछाडि पर्न पर्ने अवस्था नरहेको बताउनुभयो ।

    वडाध्यक्ष कृष्ण रेग्मीले महिला सशक्तीकरण आजको आवश्यकता रहेको बताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष शिव श्रेष्ठले महिलाहरु अब कुनै पनि अवस्थामा पछि नपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश विकले राज्यले पछाडि पारिएका वर्गका आवाज सुन्नुपर्ने बताउनुभयो ।

    अपाङ्गता अधिकारकर्मी दामोदर रेग्मीले पछाडि पारिएको वर्गको सशक्तीकरणको लागि राज्यले जिम्मा लिनुपर्ने भन्दै समाजमा कानुनको सुसूचित गराउने यस्तो कार्यक्रम बेलाबखत हुनुपर्नेमा जोड दिनु भयो ।
    कार्यक्रममा अधिवक्ता विष्णु खनाल, शिव रेग्मी , रच्चु आले र मिलन आले लगायतले सहजीकरण गर्नुभएको थियो ।