तनहुँका युवराज लागुऔषध सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँका युवराज लागुऔषध सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरे घर भई हाल पोखरा बस्ने युवराज गुरुङ लागुऔषध सहित आइतबार पक्राउ परेका छन्। भैरहवाबाट पोखरा जॉदै गरेको लु१ख ८५५३ नम्बरको बसलाई चेकजॉच गर्ने क्रममा हाल पोखरा-११ फूलबारी बस्ने २७ वर्षीय गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन् ।

    प्रहरीले निजको साथबाट अबैध लागुऔषध नुरफिन थान-७२, फेनरागन थान-७२ र डाईजापाम थान-७२ गरी जम्मा २१६ थान बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।