आँबुखैरेनीद्वारा प्रहरीलाई सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीद्वारा प्रहरीलाई सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सामग्री सहयोग गरेको छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालयलाई तीन थान म्याजिक लाइट र दश थान ज्याकेट सहयोग गरेको हो ।

    सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापालाई उक्त सामग्री सहयोग गर्नुभयो ।

    आँबुखैरेनीखण्ड अन्तर्गत मुग्लिङदेखि सत्रसयसम्म धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गराउँदै नागरिकको जिउधनको रक्षाका लागि गाउँपालिका सदैव गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । प्रहरी निरीक्षक थापाले प्रहरी एक्लैको प्रयासले मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउँदै गाउँपालिकाले गरेको सहयोगले प्रहरीलाई हौसला मिलेको बताउनुभयो ।

    दुर्घटना न्यूनीकरणका लागि गाउँपालिकाले यस अगाडी पनि प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।