म्याग्देमा पनि विद्यालय नियमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा पनि विद्यालय नियमित

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७७, मंगलवार

    तनहुँ : वातावरणीय प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेपनि तनहुँको म्याग्दे गाउँपालिकाले नियमित गराएको छ । वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरको अवस्थालाई मध्यनजर गर्दै चैत २० गतेसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेपनि गाउँपालिकाले भने विद्यालय नियमित गराएको हो ।

    गाउँपालिकाभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको र अधिकांश विद्यालयहरुमा दोस्रो चौमासिक परीक्षा सञ्चालनको कार्यक्रम रहेको हुँदा विद्यालय नियमित गराइएको गाउँपालिकाका शाखा अधिकृत बुद्धिसागर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा लगायत अन्य कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्म नियमित रुपमा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिएको छ ।

    तनहुँकै भीमाद नगरपालिकाले पनि विद्यालय नियमित गराएको छ । काठमाडौ, लुम्बिनी लगायतका ठाउँमा वायु प्रदूषणको बढी प्रभाव रहेको र भीमाद क्षेत्रमा त्यति धेरै असहज अवस्था नरहेकाले विद्यालय नियमित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।