हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    हराइरहेका महोत्तरीका सात बालिका तथा किशाेरी भारतकाे सीतामढीमा भेटिए

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७७, बुधबार

    जनकपुरधाम : मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्।  उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। 

    सम्पर्कविहीन हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका अर्चना पासवान, सीमा पासवान, रंजना पासवान, ज्योति पासवान, रिया पासवान, नगिना पासवान र अस्मिता पासवान हुन्।

    नेपाली अधिकारकर्मी सरोज रायले त्यहाँका प्रहरी अधिकारीसँग बालिकाका विषयमा कुराकानी गरेका थिए।  प्रहरी अधिकारीले बालिकाहरू सकुशल रहेको जानकारी गराएका छन्। उनीहरूको साथमा अरू कोही व्यक्ति नभएको र उनीहरूले गायक बन्नका लागि भारत हिँडेको बताएको प्रहरी अधिकारीको भनाइ छ।